राजदेवी दुग्ध सहकारीको कृषक अवलोकन भ्रमण मक्रान्चुलीमा

२६ चैत्र , मक्रान्चुली- हेटौंडा १७ मा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना कृषकहरूलाई मकवानपुरगढी-३ मक्रान्चुलीमा दुग्ध सहकारी संस्था तथा पशुपालन फर्म अवलोकन गराएको छ ।

मकवानपुरगढी-३ मक्रान्चुलीमा रहेको जिल्ला कै उत्कृष्ट दुग्ध सहकारी संस्था मनकामना दुग्ध उत्पादक सहकारी संस्था तथा यहाँ रहेका उत्कृष्ट पशुपालन फर्महरु अवलोकनका लागी संस्थाका आवद्ध शेयर सदस्य कृषकहरु समाबेश गरिएको संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।

दुधको विविधीकरण शुरु गरेको संस्थालाई अवलोकनका लागि प्राथमिकता दिइएको भन्दै अध्यक्ष तिमल्सिनाले मक्रान्चुलीमा पर्याप्त ब्यवसायिक पशुपालन फर्महरु भएकाले पनि अवलोकनका लागि यहि ठाउँ चयन गरिएको बताउनु भएको छ ।

अवलोकनका लागि संस्था छ्नौट गरि आएकोमा मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहालले संस्थाको तर्फबाट सहभागी संस्था तथा सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

अवलोकन भ्रमणमा संस्थाका संचालक समिति , शेयर सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पर्याप्त ब्यवसायिक पशुपालन फर्म तथा उन्नत जातको घाँस खेतीका कारण पछिल्लो समय जिल्ला भित्रका तथा बाह्य जिल्लाबाट कृषक अवलोकनका लागि मक्रान्चुली छनौटमा पर्ने गरेको छ ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज सहकारी