सुनसरीमा नेपालकै ठूलो अन्न भण्डार गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह संचालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह संचालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ ।

यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ ।

मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ ।भण्डारण गृहको संचालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ ।

अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत् धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्रवण कुमार यादवले बताए ।

कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ ।

कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको सो कम्पनीले जनाएको छ

कृषि समाचार समाज