कांग्रेसबाट मकवानपुरगढीको अध्यक्षमा ४ जनाको नाम सिफारिस

३ बैशाख , मक्रान्चुली- नेपाली कांग्रेस मकवानपुरगढी गाउँ कार्य समितिले ३० बैशाखमा हुन लागेको स्थानीय निर्वाचनका लागि मकवानपुरगढीको अध्यक्षमा ४ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको कांग्रेस गाउँ कार्य समितिको बैठकले ४ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा गत स्थानीय निर्वाचनमा अध्यक्षका उमेदवार दोर्जेलामा स्याङ्तान , २ नम्बर क्षेत्रीय पुर्व सभापति यतिराज सापकोटा , २ नम्बर क्षेत्रका सचिव बलराम घिमिरे र पुर्व जिल्ला सदस्य गोपि अधिकारी रहेको क्षेत्रीय प्रतिनिधि बिष्णु प्रसाद न्यौपानेले बताउनु भएको छ ।

यसैगरी उपाध्यक्षमा शुशिला फयल र रामचन्द्र रेग्मीलाई सिफारिस गरिएको न्यौपानेले बताउनुभयो ।

अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत नाम नजुटे पछि अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस गरिएको नाम आज जिल्लामा पठाइने बताइएको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय