राप्रपाबाट हेटौँडाको मेयरमा अधिकारीको संभावना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा मधु अधिकारीको संभावना प्रवल रहेको जनाईएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरेसँगै राप्रपाले भने आफ्नै उम्मेद्वारहरु तय गर्न लागेको हो ।
राप्रपा मकवानपुरको श्रोतले दिएको जानकारी अनुसार यो पटक पनि राप्रपाको तर्फबाट हेटौँडाको मेयरमा नेता मधु अधिकारीलाई उम्मेद्वार बनाउने प्रवल संभावना रहेको छ । अधिकारी यस अघिको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट मेयरमा उम्मेद्वार बनेका थिए । कमल थापाले राप्रपाबाट बिदा लिएर राप्रपा नेपालको स्थापना गरेपनि अधिकारी भने सस्थापन पक्षमानै रहेका छन् । उपमेयरको विषयमा छलफल जारी रहेको भएपनि मेयरमा भने अधिकारीको संभावना प्रवल भएको ति नेताको भनाई रहेको छ ।

राजनीति समाचार समाज