निर्वाचन आयोगको मिडिया अभिमुखीकरणा कार्यक्रम

निर्वाचन आयोगले मकवानपुरमा मिडिया अभिमुखीकरण कार्यक्रमको आयोजन गरेको छ।

शनिबार हेटौंडामा निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य चिरञ्जिवि मास्केले निर्वाचनको समयमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताको वारेमा जानकारी गराएका थिए भने निर्वाचनमा मिथ्था सूचना समाचार दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरी कार्यक्रममा निर्वाचन आयोगका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

यता कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्काले निर्वाचनसँग सम्बन्धीत समाचार संकलन र रिपोटिङ्ग बारेमा सहजीकरण गरेका थिए।

कार्यक्रममा वागमती निर्वाचन आयोग प्रदेश प्रमुख लुम्बनाथ पोखरेल,नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा मकवानपुरका विभिन्न मिडिया हाउसमा आवद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो।

राजनीति समाज