बोक्सीको आरोपमा कन्चनपुरमा एक महिलाको कुटपिटबाट हत्या

मकवानपुर – धामीझाँक्रीको कुटपिटबाट कञ्चनपुरको वेदकाेट नगरपालिकामा एकजना महिलाको ज्यान गएको छ । ज्यान जानेमा वेदकाटे नगरपालिका ६ मुसेपानीका ४२ वर्षकी रञ्चुला साउदको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउदलाई धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणदत्त भट्टले झारफुकका नाममा गएराति फलाम तताएर कुटपिट गर्दा ज्यान गएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए ।

झारफुककै क्रममा साउँदको गएराति ज्यान गएको र आज बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो । झारफुकमा संलग्न दुवै जनालाई पक्राउ गरिएको र महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो । उज्यालोबाट

मुख्य समाचार समाचार समाज