मारिउपोल सहर कब्जा गरेको रुसको दाबी

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसले दाबी गरेको छ।

रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ। आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान दिने र भोलिदेखि मारिउपोल सहरमा नाकाबन्दी लगाउने रुसले जनाएको छ। आत्मसमर्पण गर्नेलाई युद्ध बन्दीलाई गरिने व्यवहार हुने रुसी रक्षा मन्त्रालयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलमा अवस्था नाजुक बनेको भन्दै यसअघि नै थप हतियार उपलब्ध गराउन सहयोगी देशसँग अपिल गरेको थियो।

अन्तराष्ट्रिय