मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा/ बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिरनजिक सिमराबाट रामवनतर्फ जाँदै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

समाज