मकवानपुरगढी-३ मक्रान्चुलीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


८ बैशाख,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मक्रान्चुलीमा रहेको ३ नम्बर वडा कार्यालयको माथिल्लो तलामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मकवानपुरगढी गाउँपालीका उपाध्यक्ष हर्कमाया रुम्बाले निर्बाचन अधिकृतको कार्यालयको उद्धघाटन गर्नु भयो ।

मकवानपुरगढी गाउँपालीकामा निर्बाचन अधिकृतको रुपमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव नारन प्रसाद पोखरेल खटिनु भएकोे छ । सहायक निर्बाचन अधिकृतको रुपमा मकवानपुरगढी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी रहनु हुने छ ।                                                                                निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् ।

मुख्य समाचार समाचार समाज