मकवानपुरगढीमा निर्वाचन लक्ष्यित सर्वदलीय बैठक सम्पन्न


८ बैशाख,मक्रान्चुली- मकवानपुरगढीमा निर्वाचनलाई लक्ष्यित गरेर सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी राजनीतिक दलहरूले चुनाबलाई निश्पक्ष र भयरहित बातारणमा सम्पन्न गराउन प्रतिबद्धता जनाएका छन ।

निर्बाचन अधिकृतको कार्यालय स्थापना पछि बसेको सर्बदलिय बैठकमा दलका पालीका प्रमुख तथा प्रतिनिधिहरुले निर्बाचन आचार संहिताको पुर्ण पालना गर्ने , निर्बाचनलाई शान्ति पुर्ण र निश्पक्ष बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

बैठकमा निर्बाचन अधिकृत नारन प्रसाद पोखरेलले बैषाख ३० गते हुने निर्बाचनको कार्यतालिका र आचार संहिताको बारेमा जानकारी गराएका थिए । बैठकमा सहभागी दलका प्रतिनिधिहरुले निर्बाचनमा खटिने कर्मचारीलाई निश्पक्ष रुपमा काम गर्न र आचार संहिता पालना भए नभएको अनुगमन गर्न पनि आग्रह गरेका छन ।

बैठकमा मकवानपुरगढीमा रहेका विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।
स्थानीय तह निर्वाचन कार्यतालिका:
यसैबीच निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।

यसैगरी वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले बनाएको छ । त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेश मुख्य समाचार रोचक समाचार समाज