हेटौंडा-९ मा रहेको मदन-आश्रितको सालिक तोडफोड

हेटौँडा/ हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ।

बिहीबार राती अज्ञात समूहले पार्कमा रहेका भण्डारी र आश्रीतको अर्धकतको शालिक तोडफोड गरेका हुन्।

विहान पार्कमा मनिङ्ग वाकमा आएकाले शालिक तोडफोड भएको देखेपछि आफूलाई जानकारी आएको र जानकारी आए लगत्तै घटनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई जानकारी गराइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए।

जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो

घटनाको जानकारी आएको र सालिक कस्ले र किन तोडफोड गरेको भन्ने पत्ता नलागेको र घटनामा संलग्नको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। २० बिगाहा क्षेत्रफलमा रहेको उक्त पार्क २०७७ सालबाट निर्माण कार्यको थालनी गरिएको थियो।

 

समाज