मकवानपुरगढीका ११ जना विद्यार्थी एसईई परिक्षामा अनुपस्थित

फाइल तस्वीर 
९ बैशाख,मक्रान्चुली- आजबाट शुरु भएको एसईई परिक्षामा मकवानपुरगढीका ११ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

परिक्षाका लागि फारम भरेका पालिकाभरीका ९ वटा विद्यालयबाट जम्मा २८९ जना विद्यार्थी मध्ये ११ जना विद्यार्थी परिक्षामा अनुपस्थित रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताउनुभयो ।

अनुपस्थित रहेका मध्ये जनक माविका १ जना,चण्डीका माविका २ जना,शारदा माविका १ जना,जनता माविका २ जना र जालपादेवी माविका १ जना विद्यार्थी रहेका छन् । यसैगरी भानु माविका १ जना र रुपनारायण माविका ३ जना विद्यार्थी पनि अनुपस्थित रहेको घलानले बताउनुभयो । रानीसेरा मावि र वंशगोपाल माविका विद्यार्थी भने सबैजना परिक्षा समावेश भएका छन् ।

यस वर्षबाट मकवानपुरगढी ३ मक्रान्चुलीको भानु माविलाई पनि परिक्षा केन्द्र तोकिएको छ । त्यहाँ ६ ओटा विद्यालयका १८२ जना विद्यार्थी परिक्षामा सामेल हुनुपर्नेमा ७ जना विद्यार्थी अनुपस्थित रहेका छन् ।

आजबाट शुरु भएको एसईई परिक्षामा मकवानपुरका ७ हजार १ सय ३८ जना विद्यार्थी परिक्षामा सामेल भएको जनाइएको छ ।

मुख्य समाचार शिक्षा स्थानीय