कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हेटौँडा । नेपाली कांग्रेस केन्दीय कार्यसम्पादनको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक बस्न लागेको हो । बेठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, उक्त बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुनेछ । सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार, कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ ।

यस्तै, उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ । हेटौंडाको मेयरमा भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

मुख्य समाचार राजनीति समाचार