नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

हेटौँडा/ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्न आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार, नेताहरुको व्यस्तताका कारण आज बोलाइएको कांग्रेस बैठक स्थगित भएको हो । कांग्रेसले महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयनका लागि बैठक बोलाएको थियो । सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार, कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ ।

यस्तै, उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ । हेटौंडाको मेयरमा भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

मुख्य समाचार राजनीति समाचार