रेनु दाहालले भरतपुरको मेयरबाट दिइन् राजीनामा

हेटौँडा/ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

महानगर प्रमुखमा पुनस् उम्मेदवार बन्ने तयारीमा रहेकी दाहालले सोही प्रयोजनका लागि शुक्रवार राजीनामा दिएकी हुन् । रेनुले बुझाएको राजीनामा उपमेयर पार्वती शाह ठकुरीले शुक्रवार नै स्वीकृत गरेकी छन् ।

निर्वाचन आचारसंहिताअनुसार पुनस् उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने हुन्छ । सत्ता गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका माओवादीको केन्द्रको भागमा परेको छ ।

कांग्रेसको उम्मेदवार नहुने भएकाले यसपटक पनि रेनुको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवारसँग हुँदैछ । एमालेबाट भरतपुरमा विजय सुवेदी उम्मेदवार बन्दैछन् ।

 

राजनीति समाचार समाज