मकवानपुरगढीमा नेपाल बुद्धिजीवी परिषद गठन


१० बैशाख,मक्रान्चुली- मकवानपुरगढीमा नेपाल बुद्धिजीवी परिषदको तदर्थ समिति गठन भएको छ । मकवानपुरगढी ३ मक्रान्चुलीमा शनिबार भएको सरोकारवालाहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट तदर्थ समिति गठन भएको हो ।

कृष्ण प्रसाद पोखरेलको संयोजकत्वमा गठन भएको समितिको सचिवमा शम्भुप्रसाद हुमागाई रहनुभएको छ । सात सदस्यीय समितिको सदस्यहरूमा रामशरण लामिछाने , गोविन्द शर्मा तिमल्सिना , मधुसुदन देवकोटा , गायत्री संजेल र भुवन तिमल्सिना चयन हुनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद मकवानपुर जिल्ला समितिका सचिव संगम चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष तथा एमालेबाट मकवानपुरगढी गाउँपालिकाको पुनः अध्यक्षमा सिफारिस उमेदवार बिदुर हुमागाई रहनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य हरिप्रसाद कंडेल , वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे , नेपाल बुद्धिजीवी परिषद मकवानपुरका सदस्य प्रकाश दाहाल,नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढीका अध्यक्ष टंक चौलागाईं , पुर्व अध्यक्ष शिवप्रसाद लामिछाने, उमेश अधिकारी लगायतकाको आतिथ्यता रहेकोे थियो ।

यस्तै आज नै भएको एमाले मकवानपुरगढी ३ नम्बर वडाकमिटीको बैठकले ३० बैशाखमा हुनलागेको स्थानीय निर्वाचन लक्ष्यित विभिन्न कमिटी गठन तथा कार्यक्रम गर्ने तय गरिएको एमाले वडा नम्बर ३ का अध्यक्ष राजु सापकोटाले बताउनुभएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय