कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

हेटौँडा/ कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन भएको छ । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका परिवर्तन गरेको हो ।

बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ । बोर्डका अनुसार, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ । बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा संचालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

शिक्षा समाचार समाज