बागमती प्रदेशका पूर्वमन्त्री स्थापितद्वारा मेयर बन्न राजीनामा

हेटौँडा/ बागमती प्रदेश सरकारका पूर्वमन्त्री केशव स्थापितले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् ।

यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिन स्थापितले सदस्य पदबाट राजीनामा दिएका हुन्।

आज प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष प्रदेश सदस्य पदबाट राजीनामा दिएका हुन्।

मुख्य समाचार राजनीति