आजदेखि आन्तरिक उडान १८ घण्टा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ घण्टा आन्तरिक उडान हुने भएको छ ।
बढ्दो हवाई चाप व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि १८ घण्टा उडान गर्न लागेको हो । प्राधिकरणका अनुसार तराईका रात्रिकालिन उडान योग्य ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान हुनेछ । भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा बिहान ६ देखि राति १२ बजेसम्म उडान हुने भएको छ ।

समाज