गठबन्धनविरूद्धको उम्मेदवारी फिर्ता गर्न कांग्रेस बागमती प्रदेशको आग्रह

हेटौंडा । ५ दलीय गठबन्धनविरूद्धको उम्मेदवारी फिर्ता गर्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले आग्रह गरेको छ ।
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले आग्रह गरेका हुन् ।
उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्यत शक्ति विरूद्ध गठबन्धन भएको उल्लेख गर्दै विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह समेत गरिएको छ ।
यस्तो छ विज्ञप्ति

 

Screenshot_20220428-09562-1651119685.jpg
राजनीति समाचार