राप्रपा नेपालका उपाध्यक्ष पौडेलले दिए राजीनामा

काठमाडौं : राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारी सम्हाल्दैं आएका थिए । अध्यक्ष कमल थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष पदमा मनोनीत गरेका थिए।

मुख्य समाचार राजनीति