कालोसूचीमा रहेका ब्यक्तिहरुको उम्मेदवारी रद्द हुने

काठमाडौं । निर्वाचन आयोगले कालोसूचीमा रहेका ब्यक्तिहरुको उम्मेदवारी रद्द गर्ने भएको छ ।

आयोगले देशभर विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यस्ता ब्यक्तिहरुको उमेदवारी रद्द हुने आयोगले जनाएको छ । आयोगले निर्वाचन कानूनमा उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई आधार बनाएर कालोसूची तयार गरिएको हो ।

अदालतबाट पाएको सजाय भुक्तान नभएका, बैंकको ऋण नतिरेकाहरु कलोसूचीमा पर्ने छन् । यस्तै, देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिक तर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयन पत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले आज अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा भने मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

मनोनयनपत्र दर्ता गर्नुअघि मात्रै समानुपातिकको बन्दसूचीबाट नाम हटेमा मान्यता दिने निर्णय गरेको निर्वाचन आयोगले अब भने दावी विरोधमाथि छानविन गर्ने अन्तिम दिनसम्म त्यसलाई खुला राख्ने निर्णय गरेको छ ।

दलहरुले मनोनयनपछि समेत बन्दसूचीबाट नाम हटाउन निर्णय गरेर आयोगमा पत्र पठाइरहेका छन् ।

मुख्य समाचार राजनीति समाचार