भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

काठमाण्डौं भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् भने २ हजार ४९६ बिरामी निको पनि भएका छन् ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ । (एजेन्सी)

समाज