टेम्पो पल्टिंदा चालकको मृत्यु

हेटौंडा । चितवनको खैरहनीमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी-९ का ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् । मगनी गाउँमा शुक्रबार राती बाग्मती प्रदेश ०३-०१ ह १६ २१ नम्बरको टेम्पो पल्टिंदा घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

समाज