बकैयामा माओवादीका उम्मेद्वारले लिए उम्मेद्वारी फिर्ता

हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा) ले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

सत्ता गठबन्धनका उम्मेद्वारहरुलाई सघाउन उम्मेद्वारी फिर्ता लिएको जनाईएको छ ।

गठबन्धनको सहमति अनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्त बहादुर खत्रीलाई कांग्रेसले सघाउने जनाईएको छ ।

समाचार स्थानीय