मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने स्थापित छः बिदुर हुमागाईं

हेटौंडा । आसन्न स्थानीय निर्वाचनमा एमालेबाट मकवानपुरगढी गाउँपालिका अध्यक्षका उम्मेद्वार बिदुर हुमागाईंले मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने भावना स्थापित भएको बताएका छन् ।

एमालेले जनताका आधारभूत आवश्यकता पूरा गर्न र गाउँपालिकाको सबै खाले विकासका निम्ति काम गर्दै आएको बताएका छन् ।

नेपाल खेलकुद महासंघ मकवानपुरगढीको प्रथम भेलामा बोल्दै एमाले मकवानपुरका सचिवालय सदस्य समेत रहेका हुमागाईंले मकवानपुरगढीमा पाँच वर्षभित्र उत्पादनका क्षेत्रमा भएका कामको मुल्यांकन गर्दै जनताले एमालेमा मत दिने विश्वास व्यक्त गरे ।

पाँच वर्षअघिको गाउँको अवस्था र हालको अवस्थाको वास्तिवक मुल्यांकन गरेपछि आफूलाई काम गरेको सन्तुष्टि मिलेको हुमागाईंले बताए । तर, पर्याप्त विकासका लागि पाँच वर्षको अवधि अपुग भएको भन्दै उनले गाउँ बासीको मुहारमा खुशी ल्याउन थप काम गर्नुपर्ने देखिएकोले पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेपाल खेलकुद महासंघ केन्द्रीय महासचिव धरम लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य नबराज तिमल्सिना,एमाले मकवानपुरका सचिवालय सदस्य मेम्बर लो,बिदुर हुमागाइ लगाएतको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज