चितवनमा फेरि पनि एक जनाको बाघको आक्रमणबाट मृत्यु

काठमाण्डौं : चितवनमा फेरि पनि एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको हो । मृत्यु हनेमा चितवनको खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेका छन् ।

यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो।

समाज