आजको सुनचाँदीको मूल्य

काठमाण्डौं : आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले घट्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ