सनातन धर्म संस्कृति र परम्परा रक्षा गरेर मात्र देश विकास गर्न सकिन्छः कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देशको विकास गर्न सकिने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले समृद्ध नेपाल निर्माण गर्न सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र देश विकास गर्न सकिने बताएका छन् ।

उनले देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए ।

उनले भनेका छन्ः सनातन धर्म संस्कृति र परम्परा रक्षा गरेर मात्र देश विकास गर्न सकिन्छ,समृद्ध नेपाल निर्माण गर्न सकिन्छ र त्यही उपयुक्त बाटो हो भन्ने मान्यता बोकेर हामी बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागेका छौ। यो अभियान “म्याराथन” दौड जस्तै हो। धैर्यता चाहिन्छ,सफलता निश्चित छ ।

थापा राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि जनाउँदै राप्रपा त्यागेका थिए । राप्रपा त्यागेका थापा केहि समयपछि आफ्नै पार्टी राप्रपा नेपालमा फर्किएका छन् । उनले राजतन्त्रको एजेण्डा त्यागेर हिन्दु राष्ट्रको मात्रै एजेण्डा बोकेका छन् ।

मुख्य समाचार राजनीति समाचार