थप २० जनामा कोरोना पुष्टि

काठमाण्डौं : पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर र ७१४ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।

समाज