हेटौंडा ४ मा एमालेको पहिलो चरणको घरदैलो सकियो

हेटौंडा / नेकपा एमाले हेटौंडा ४ ले आसन्न स्थानीय तहको निर्वाचन प्रचारप्रसार तथा उम्मेदवार परिचय कार्यक्रम अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सम्पन्न गरेको छ ।

गत बैशाख ४ गतेबाट “मेरो वडा म जिताउछु, हाम्रो पालिका हामी जिताउछौ “भन्ने अभियानको रूपमा सुरू गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सम्पन्न गरेको हो ।

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका ४ नं वडामा उम्मेदवारी दिएका सुर्यध्वजाबाहक उम्मेदवारहरुलाई आम जनताको घरदैलोमा गइ परिचय गराउने, बिगतको पाँच बर्षमा एमाले नेतृत्वको वडा कार्यालयले गरेका कार्यहरुको प्रचारप्रसार तथा समीक्षा गरि आगामी दिनमा बाकी बिकासका कार्यहरूलाई अगाडी बढाइ नगरको नमुना र सम्मुन्नत वडा निर्माणका लागि सुझाव संकलन एवं छलफल गरिएको नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं निर्वाचन परिचालन कमिटीका सहसंयोजक शिबहरि दाहालले जानकारी दिनुभयो ।

घरदैलो अभियानको क्रममा वडा बासी आमा, दिदिबहिनी एवं दाजुभाइहरुबाट अपार समर्थन पाएको र आफुले पछिल्लो पाँच बर्षमा गरेका कार्यहरुबाट वडाबासि जनताहरु अत्यन्त प्रभावित भएको वडा अध्यक्ष पदका उम्मेदवार नवीन सिग्देलले बताउनुभयो ।

घरदैलो कार्यक्रममा वडा अध्यक्षको उम्मेदवार नवीन सिग्देल, वडा सदस्यको उम्मेदवारहरू गिता त्रिपाठी, बिष्णुमाया देउला, जगन्नाथ पान्डे र जेन श्रेष्ठ, पार्टी जिल्ला सदस्य शिबहरि दाहाल, आरती पाठक, सालिकराम ढकाल, भवानी शर्मा, उपेन्द्र अधिकारी, मिलन पाठक, नगरकमिटी सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जनबर्गिय संगठनका पदाधिकारीहरु एवं एमालेका सुभेच्छुक र समर्थकहरु को उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय