शनिबारदेखि सार्वजनिक सवारीसाधनमा दलको झण्डा,ब्यानर प्रयोग गर्न नपाइने,माइकिङ गर्न पनि रोक


२३ बैशाख, हेटौंडा- मकवानपुरमा शनिबारदेखि सार्वजनिक सवारीसाधनमा झण्डा तथा ब्यानरको प्रयोगमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वदलीय बैठकले सार्वजनिक सवारीसाधनमा झण्डा तथा ब्यानरको प्रयोगमा रोक लगाइने निर्णय गरेको हो ।

साथै बैठकले चुनावका लागि प्रयोग गरिएका माइकिङ समेत बन्द गर्ने निर्णय गरेको छ । तर सभा र भेलामा भने माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको जनाइएको छ । चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारण दिक्क भएको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय भएको हो ।

साथै बैठकमा शनिबारदेखि निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे पनि छलफल गरिएको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज