मधु अधिकारीद्वारा राप्रपा परित्यागको घोषणा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् ।

उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन्।

‘राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरैसाथिहरु सङ्ग नजिक भए। ,अधिकारीले भनेका छन्,माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’

यस्तो छ विज्ञप्ती:

पार्टी स्थापनाकाल देखीको ३२ बर्ष राप्रपालाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनबरत रुपमा रगत पसिना बगाईरहे । सकेको बल,बुद्धि,श्रम,सीप लगाईरहे । आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी परि गरिरहे । निष्ठा,सिद्धान्तलाई केन्द्रमा राखिराखे ।पार्टिमा बिभिन्न उतारचढाव आयो,शंधर्ष र कठिन दिनहरू पार गरे।यो बिचमा पार्टि सुन्य अवस्थामा पुग्यो यस्तो कठिन, असहज र चुनौतीपुर्ण अवस्थामा पनि पार्टीलाइ स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढे। पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भैरहे । पार्टीलाई विधि र प्रद्धतीमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो ३ दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको ईमान्दारिता, नैतिकता र जनताको स्नेह हो। मैले आफ्नो राजनैतिक जिवन भरी निष्ठाको राजनिती गरे कुनै लाभको पदमा बसेर फाईदा लिएको थाहा छैन, बरू सधै कठिन परिस्थितिमा दुख कष्ट गरे। तर पार्टी भित्र “काम गर्ने कालू, मकै खाने भालु” प्रवृत्ति मौलायो। पछिल्लो समय अनुकुलताको राजनिती , मौसमी राजनीति, सामन्ती र सर्बसत्ताबादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । तेहि प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो। नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शिर्ष नेताको निर्णय अदुरदर्शि, अपरिपक्व र अन्यायपुर्ण देखियो । नेतृत्वले गर्ने मुल्य,मान्यता र आदर्शको कुरा ढोङ्ग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मुल्यांकन त परै जावोस् , उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारको रुपमा प्रयोग भयो ।कस्ले दुख गरेको छ,कस्ले मेहनत गरेको छ,हेक्का राख्न नसक्ने लाचार निरिह नेतृत्व संग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरि काम गर्न सक्छ? राप्रपा भित्र योगदान दिने व्यक्तिको मुल्यांकन नहुने, र पछिल्लो समयमा काहिकतै भुमिका निर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्वीकार्य छ। सधै कठिन घडीमा पार्टीलाइ थाम्ने काम गरे तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावि भयो। पछिल्लो कालखण्डमा पार्टीमा योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भएर एउटा भुमिका बनाएको व्यक्तिको मान मर्दन गरियो। हामीले बनाएको जग र मेहेनतलाई अवमूल्यन गरियो। अराजक र अवसरवादीहरूले भोलि पार्टीलाई नै आफनो स्वार्थ पुर्तिको लागि जे पनि गर्न सक्ने सम्भावना टडकारो छ। पार्टी नेतृत्व पनि त्यस्मा संलग्न भयको देखिन्छ। यसले एउटा स्वाभिमानी राजनितीक ब्यक्तिको निष्ठा र आत्मसम्मान माथी गम्भीर प्रश्न उठाएको छ । अपमानित ,अपहेलित भएर स्वाभिमान माथी प्रश्न उठिसकेको अबस्थामा पनि अन्यायको विरुद्धमा बिद्रोह नगरि निरीह भई त्यसकै साक्षि बस्नलाई यो आत्माले स्वीकृत दिएन । अन्यायको विरुद्धमा सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु । मेरो निर्णय सहि या गलत भन्ने निर्क्यौल भबिष्यलाई छोडेको छु । यसलाई अबसर नपाउदाको पीडा वा रोदनको रुपमा मात्रै नबुझियोस् । मेरा यी भनाई कुनै आग्रह वा पुर्बाग्रह प्रेरित छैनन् । मेरो कोहि कसै प्रती कलुशित भावना थियन, छैन र कहिल्यै रहदैन पनि । राप्रपाको बिचार बोकेका कारण तिरस्कृत भएको अपहेलित भएको मात्र होइन मृत्यु सङ्ग नजिकै पुगेको त्यो कारुणिक दृश्य अहिले सम्झिदा भावुक हुन्छु । राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भाबी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथिहरु सङ्ग नजिक भए। माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।

मधु अधिकारी
राप्रपा नेता

Uncategorized मुख्य समाचार राजनीति समाचार