स्थानीय तहको निर्वाचनमा ठूला दलका बाकस खाली पठाएर सबक सिकाउनुपर्ने : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा ठूला दलका बाकस खाली पठाएर सबक सिकाउनुपर्ने बताए । काभ्रेको बनेपामा राप्रपाले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला पार्टीलाई सुधार्ने चुनावमा बाकस खाली पठाइदिनुपर्ने बताएका हुन् । उनले भने , ‘यस पटकको निर्वाचन कांग्रेस, एमालेको बाकस खाली पठाइदिनुपर्छ,’ आफ्नो पक्षमा मत नदेखेपछि बल्ल कांग्रेस, एमाले, माओवादी केन्द्र सुधारिन्छन् ।’

भ्रष्टाचार, अनियमिततामा दाग नलागेका व्यक्तिलाई राप्रपाले उम्मेदवार बनाएको भन्दै जिताउन आग्रह गरे । स्थानीय तहमा विजय हासिल गरेपछि विज्ञ समूह बनाएर स्थानीय तह सञ्चालन गरिने बताए । विभिन्न पार्टी परित्याग गरेकालाई लिङ्देनले पार्टीम स्वागत गरेका थिए ।

 

 

मुख्य समाचार राजनीति समाचार