सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकताः देउवा

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गरेका छन् ।
शनिवार तनहुँको दमौलीमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको दावी गरे ।

यो एक ऐतिहासिक गठबन्धन भएको र गठबन्धन स्थानीय तहसम्म मात्र सीमित नरहने भन्दे प्रदेश र संघको निर्वाचनमा पनि यही अनुसार अगाडि बढ्ने देउवाले बताए ।  प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे ।
यसअघि प्रधानमन्त्रीले वुटवलमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै जनलहरलाई देखेर विपक्षी दलहरु आत्तिएको बताएका थिए । चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनको तागतबाट डराएकाहरूले विभिन्न भ्रम छरेको आरोप लगाउदै भ्रमका पछाडि नलाग्न गरे ।

मुख्य समाचार राजनीति