गलत आचरण भएका ४६ जना म्यादी प्रहरी बर्खास्त

हेटौंडा । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागी खटिएका ४६ जना म्यादी प्रहरीलाई नेपाल प्रहरीले बर्खास्त गरेको छ ।

आचरणविपरीतका गतिविधि गरेको भन्दै कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्त भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले मादक पदार्थ सेवन गर्ने, अरुलाई दुव्र्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काममा संलग्न रहेकाहरूलाई बर्खास्त गरिएको जानकारी दिए ।

सरकारले निर्वाचन प्रयोजनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । खटिए वापत उनीहरूका लागि ४४ हजार ४ सय ४० रूपैयाँ  तलब तोकिएको छ ।

समाचार समाज