गठबन्धन विरुद्ध भोट हाले कांग्रेस मकवानपुरले कारवाही गर्ने

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान नगर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ।
शनिबार दिउँसो पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै गठबन्धन जिताउन मतदानमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको हो।
पत्रकार भेटघाटमा कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईले आफ्ना गठबन्धनका उम्मेदवारभन्दा बाहिरका उम्मेदवारको प्रचार प्रसारमा लाग्ने नेता कार्यकर्तालाई कारबाही गर्ने बताए।

उनले  पार्टी हित विपरित र गठबन्धनको नीति विपरित आफ्ना निजी दृष्टिकोण प्रस्तुत गर्ने सम्पूर्ण क्रियाशिल सदस्य तथा नेता कार्यकर्ताहरुलाई त्यस्ता कार्यलाई बन्द गर्न निर्देशन दिइएको जानकारी गराएका हुन्।

त्यसैगरी कांग्रेसको मकवानपुरको अनुशासन समिति संयोजक प्रभात कुमार दाहालले ‘मकवानपुर जिल्लाको १० वटै स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारको पक्षमा लाग्न र गठबन्धन विरुद्ध गएको पाइएला तुरुन्त कारबाही गरिने बताएका छन्।

कांग्रेस मकवानपुर प्रवक्ता चौलागाईले १०२ वटा वडा मध्ये केही वडाहरुमा सहमति हुन नसकेता पनि सहमति नभएका वडा तहमा मित्रवत प्रतिस्पर्धा गर्न र पालिका स्तरमा गठबन्धनका साझा उम्मेदवारका पक्षमा सशक्त ढंगले परिचालित हुन भनेका छन्।
यस्तो छ विज्ञप्तिमा

 

Screenshot_20220507-21545-1651939921.jpg
FB_IMG_1651911543225-1651939921.jpg
राजनीति समाज स्थानीय