अफगानिस्तानमा महिलाले सार्वजनिक रूपमा अनुहार देखाउन नपाउने

हेटौंडा । अफगानिस्तानका सर्वोच्च नेताले देशका महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न आदेश दिएका छन् । 


तालिवान प्रमुख हैबतुल्लाह अखुन्जादाले आज काबुलको एक समारोहमा बोल्दै महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो टाउकोदेखि खुट्टासम्म छोपिने गरि हिँड्न निर्देशन दिनुभएको समाचार संस्था अलजजिराले जनाएको छ ।
आदेशमा आफ्नो बुवा वा निकटतम पुरुष आफन्तलाई भेट्न जाने तर आफ्नो अनुहार नछोप्ने महिलालाई जेल हाल्ने वा सरकारी जागिरबाट निकालिने चेतावनीसमेत दिइएको खबरमा उल्लेख छ । 


तालिबानले पछिल्लो समय महिलाहरूलाई लक्षित गरी कडा प्रतिबन्धहरू पुनः लागू गरेको छ । यसको विश्वभर आलोचना भइरहेको छ । 

अन्तराष्ट्रिय