स्थानीय चुनाव : कांग्रेसको पत्रकार सम्मेलन आज

काठमाण्डौं : नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । स्थानीय तह चुनाव अन्तर्गत मतदानको चार दिन मात्र बाँकी रहँदा कांग्रेस पत्रकार सम्मेलन गर्न लागेको हो। दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

राजनीति समाचार