निर्वाचनको दिन सम्पूर्ण आन्तरिक उडान बन्द हुने

हेटौंडा । यही वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचनको दिन सम्पूर्ण आनतरिक उडानहरु बन्द हुने भएका छन् ।

मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।

राजनीति समाचार समाज