पत्रकार संगठनहरूसँग आयोगद्वारा स्पष्टिकरण माग

हेटौंडा । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।
राष्ट्रिय एकता कायम गर्न, संविधान रक्षा गर्न, परिवर्तनका एजेन्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्न पनि आयोगले मतदातालाइ आग्रह गरेको छ ।
आयोगले यसरी पक्षधरता देखाएर विज्ञप्ति जारी गर्नु आचारसंहिताविपरीत भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

राजनीति समाचार