मकवानपुरका मतदान केन्द्रमा मतदान सामग्री र मतदाता परिचय पत्र पठाइदै

हेटौंडा । मकवानपुरमा बैशाख ३० गते हुने निर्वाचनमा आवश्यक मतदान सामग्री र मतदाता परिचय पत्र पठाउने काम तिब्र गतिमा भईरहेको छ । मतदानमा खटिने मतदान कर्मचारीसंगै मतदान सामग्री र मतदाता परिचयपत्र पठाउने काम तिब्र गतिमा भईरहेको हो ।

निर्वाचन आयोगबाट प्राप्त मतदान सामग्री र मतदाता परिचयपत्रको प्याकेज बनाई पठाउने काम भईरहेको निर्वाचन कार्यालय बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ अधिकारीले जानकारी दिए । बैशाख २७ गते अघि नै निर्वाचन केन्द्रमा मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामाग्री पुर्याउने ढंगले काम भईरहेको उनको भनाई छ । मकवानपुर जिल्लामा निर्वाचनको लागि ३ लाख २५ हजार मतपत्र आएको जनाईएको छ ।

मकवानपुरमा ३ सय ५६ मतदान केन्द्रमा खटिने कर्मचारीलाई मतदान केन्द्रको व्यवस्थापन, मतदानलाई व्यवस्थित गर्ने जस्ता कार्यहरुबारे तालिम दिईएको छ । मकवानपुरमा ५ सयसम्म मतदाता रहेको मतदान केन्द्रमा ७ जना निर्वाचन अधिकृत र ५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित ८ जना कर्मचारी टोलि खटिने छ ।

राजनीति समाचार स्थानीय