सुनको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आइतबारको तुलनामा सुन एक सय रुपैंयाले बढेको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैंया र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २८५ रुपैंयामा कारोबार भईरहेको छ ।

अर्थ