आजबाट मकवानपुरको सिडिओ कार्यालय बन्द

हेटौंडा – जिल्ला प्रशासन कार्यलय मकवानपुरको सेवा आजबाट बैशाख ३० गते सम्म बन्द भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा २७ गते देखि बन्द भएको हो ।

स्थानीय तहको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमन लगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि वैशाख २७ देखि ३० गतेसम्मका लागि स्थगित गरिएको हो।

नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका सेवाहरू बन्द रहेपनि शान्ति सुरक्ष, विपद् ब्यवस्थापन लगायतका अतिआवश्यक सेवा प्रवाह नरोकिने सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए ।

समाचार समाज