कांग्रेस–एमाले कार्यकर्ताबीच झडप, २ घाइते

मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २६ वर्षीय इन्द्र विक छन् । दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरूले केही बेर प्रहरीसँग विवाद पनि गरेका थिए ।

मुख्य समाचार राजनीति समाचार