ट्रक दुर्घटनामा मकवानपुरका तितुङसहित दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर साविक गोगने-४ का ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन् । उनीहरूलाई उपचारका लागि बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले  मृत घोषणा गरेका थिए । राम्जाली सवारी धनी र तितुङ चालक हुन् ।

निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कदै गरेको ग२ख ६५८ नम्बरको ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

समाज