सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ तोकिएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अर्थ