स्थानीय तह निर्वाचन अपडेटः ११ बजेसम्म २५ प्रतिशतले गरे मतदान

काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत देशैभर मतदान भइरहेको छ । ७५३ पालिकाका लागि भएको मतदानमा बिहान ११ बजेसम्म २५ प्रतिशत मतदाताले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११ः१५ सम्मको अपडेटमा औसत २५ प्रतिशत मत खसेको जानकारी दिए । ‘अहिलेसम्म औसत २५ प्रतिशत मत खसेको छ’, प्रवक्ता पौडेलले सञ्चारकर्मीहरुसँग भने ।बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् ।

 

 

 

 

राजनीति समाचार