इन्द्रसरोवरमा कांग्रेसको सुरुवाती अग्रता

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनबाट काग्रेशको सुरुवाती अग्रता लिएको छ । रातीबाट मतगणना सुरु गरिएको हो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ बाट सुरु गरिएको मतगणनामा काग्रेशका अध्यक्षका उम्मेदवार विश्वलाल लामाको ४ सय ६२ मत प्राप्त गर्दा नेकपा एमालेका बेदकृष्ण पुडासैनीको ३ सय ६ मत प्राप्त भएको छ । यसैगरी काग्रेसबाट उपाध्यक्षका उमेदवार निर्मला रुम्बाको ३ सय ६३ मत प्राप्त गर्नु भएको छ । उहाँलाई प५याउँदै नेकपा एमालेका उसा कुमारी लामा लामाले २ सय ९६ मत प्राप्त गर्नु भएको इन्द्रसरोवरका निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिनुभयो ।

समाचार समाज स्थानीय