मकवानपुरका कुन् स्थानीय तहमा कती खस्यो मत ?

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा ७२ दशमलब २६ प्रतिशत मत खसेको छ । स्थानीय निर्वाचनमा कुल मतदाता २९ हजार ९ सय ४३ जना मध्ये २१ हजार ६ सय ३८ जना मतदान प्रकियामा भाग लिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्द राज पोखरेलले जानकारी दिए ।

उनले १२ वटै वडामा ११ हजार ३५ जना पुरुष र १० हजार ६०२ जना महिला र एकजना अन्य गरेर २१ हजार ६ सय ३८ जनाले मतदान गरेको बताए । मकवानपुरगढी गाउँपालिकामा १३ हजार ९५३ मतदाताले मतदान गरेका छन् । शुक्रबार भएको स्थानीय निर्वाचनमा ८ वटै वडामा गरी १३ हजार ९५३ जनाले मतदान गरेको जनाइएको छ । १९ हजार ११८ जना मतदाता रहेको गाउँपालिकामा १३ हजार ९५३ जनाले मात्रै आफ्नो मतदान गरेका थिए ।

यसैगरी वडा नम्बर १ मा १९६७ मतदातामध्ये १४५९ जनाले मतदान गरेका छन् भने वडा नम्बर २ मा ३०८० मतदातामध्ये २२८१ मत खसेको मतदान अधिकृतहरुले जनाएका छन् ।वडा नम्बर ३ मा २५८४ मतदाता रहेकोमा १९२६ मत खसेको थियो । वडा नम्बर ४ मा भने २२१८ मतदाता मध्ये १५८४ मत खसेको छ ।

त्यस्तै, वडा नम्बर ५ मा ३०१२ मतदाता मध्ये २२२८ मत खसेको मतदान अधिकृत विकास श्रेष्ठले बताए । वडा नम्बर ६ मा भने २४७३ मत मध्ये १७४६ मत खसेको जनाइएको छ । वडा नम्बर ७ मा कुल मतदाता २२७३ रहेकोमा १६४८ मत खसेको छ र वडा नम्बर ८ मा कुल मतदाता १५२२ मा १०८१ मत खसेको जनाइएको छ ।

सबै वडाहरुमा शान्तिपूर्ण ढङ्गले मतदान कार्य भएको थियो । निर्वाचन अधिकृतको कार्यालय मक्रान्चुलीमा सबैवडाहरुको मतपत्र ल्याइएको र आजैबाट सर्वदलीय बैठक बसी मत गणना सुरुगरिने निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले बताएकाछन् ।

यसैगरी, स्थानीय तहको निर्वाचन २०७९ को मतदानमा मकवानपुरको भीमफेदी गाउँपालिकामा ७० प्रतिशत मत खसेको छ । कुल १७ हजार ४ सय २८ जना मतदाता रहेको पालिकामा १२ हजार १ सय ६५ मत खसेको निर्वाचन अधिकृतको कार्यालय भीमफेदीका निर्वाचन अधिकृत रुद्रहरी भण्डारीले जानकारी दिएका छन् ।

उनले पालिकाको ९ वटै वडाबाट मतपेटिका संकलनको कार्य भइरहेको जानकारी दिए । उनले मतपेटिका संकलन भएपछि सर्वदलिय बैठक बसेर मतगणनाको कार्य आजै सुरु गर्ने या भोलि बिहानबाट सुरु गर्ने भन्ने विषयको निर्णय गरिने बताए ।

यसैगरी स्थानिय तह निर्वाचन अन्तरगत हेटौडा उपमहानगरपालिका १९ वटा वडाहरुमा ७४ हजार १ सय ८५ जनाले मतदान गरेकाछन् । कुल १ लाख ४ हजार ४ सय ७३ जना मध्ये ७१ प्रतिशत मतदाताले मतदान गरेको रिपोर्ट प्राप्त भएको छ । जसमध्ये हेटौडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९३ जनाले मतदान गरेकाछन् । यो वडामा ४ हजार ७ सय ८८ मतदाता रहेका थिए ।

जसमध्ये लगभग ६९ प्रतिशतले मतदान गरेकाहुन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा ३ हजार २ सय ८६ जनाले मतदान गरेकाछन् । कुल ५ हजार ८५ मतदाता रहेको यो वडामा लगभग ६४ प्रतिशतले मतदान गरेकाहुन ।यता हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ मा ३ हजार ३ सय ७५ जनाले मतदान गरेकाछन् । कुल ४ हजार ५ सय ६६ मतदाता रहेको यो वडामा लगभग ७४ प्रतिशतले मतदान गरेकाछन । यता हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा ५ हजार ७७ जनाले मतदान गरेकाछन् । कुल ८ हजार ४ सय २५ मतदाता रहेको यो वडामा लगभग ६० प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ मा ५ हजार १ सय ९६ जनाले मतदान गरेकाछन् । कुल ७ हजार ९ सय २७ मतदाता रहेको यो वडामा लगभग ६६ प्रतिशतले मतदान गरेकाछन । हेटौडा उपमहानगरपालीका वडा नम्बर ६ मा ३ हजार ४ सय ९८ जनाले मतदान गरेकाछन् ।

कुल ४ हजार ७ सय ३५ मतदाता रहेको यो वडामा लगभग ७४ प्रतिशतले मतदान गरेकाहुन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ मा २ हजार ९ सय ४० जनाले मतदान गरेकाछन् । कुल ३ हजार ८ सय ५३ मतदाता रहेको यो वडामा लगभग ७६ प्रतिशतले मतदान गरेकाहुन । उता हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ मा ४हजार ४ सय १ जनाले मतदान गरेकाछन् । कुल ६ हजार ५ सय १० मतदाता रहेको यो वडामा लगभग ६८ प्रतिशतले मतदान गरेकाहुन ।

यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा २ हजार ४ सय २१ जनाले मतदान गरेकाछन् । कुल ३ हजार ६ सय ८० मतदाता रहेको यो वडामा लगभग ६६ प्रतिशतले मतदान गरेकाहुन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ मा ४ हजार १ सय ६८ जनाले मतदान गरेकाछन् । कुल ६ हजार २ मतदाता रहेको यो वडामा लगभग ७० प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा ४ हजार ५ सय २५ जनाले मतदान गरेकाछन् । कुल ६ हजार ४ सय ६५ मतदाता रहेको यो वडामा लगभग ७० प्रतिशतले मतदान गरेकाछन ।

यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ मा ३ हजार ९ सय ५१ जनाले मतदान गरेकाछन् । कुल ५ हजार ४ सय ५५ मतदाता रहेको यो वडामा लगभग ७३ प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ मा ३ हजार १ सय १० जनाले मतदान गरेकाछन् ।

कुल ४ हजार १ सय ७६ मतदाता रहेको यो वडामा लगभग ७५ प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालीका वडा नम्बर १५ मा ४ हजार २ सय ४९ जनाले मतदान गरेकाछन् । कुल ५ हजार ७ सय ४७ मतदाता रहेको यो वडामा लगभग ७४ प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ मा ३ हजार ७ सय ४५ जनाले मतदान गरेकाछन् । कुल ४ हजार ८ सय ८६ मतदाता रहेको यो वडामा लगभग ७७ प्रतिशतले मतदान गरेकाछन ।

उता हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ मा ३ हजार ८ सय ७३ जनाले मतदान गरेकाछन् । कुल ५ हजार ३ सय मतदाता रहेको यो वडामा लगभग ७३ प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा ४ हजार ४९ जनाले मतदान गरेकाछन् । कुल ५ हजार ५ सय २८ मतदाता रहेको यो वडामा लगभग ७३ प्रतिशतले मतदान गरेकाछन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ मा ३ हजार ९ सय २५ जनाले मतदान गरेकाछन् । कुल ५ हजार २ सय ५० मतदाता रहेको यो वडामा लगभग ७५ प्रतिशतले मतदान गरेकाछन ।

यसैगरी मकवानपुरको थाहा नगरपालिकामा २३ हजार ५६ जनाले मतदान गरेकाछन् । नगरको १२ वटा वडामा वडा नम्बर १ मा २ हजार ६ सय ४५ मतदाता रहेकोमा २ हजार १ सय ७ मत,वडा नम्बर २ मा ३ हजार ३ सय ३४ मतदाता रहेकोमा २ हजार २ सय ७८ मत, वडा नम्बर ३ मा २ हजार ८ सय ९ मतदाता रहेकोमा १ हजार ९ सय ६३ मत,वडा नम्बर ४ मा २ हजार ४ सय मतदाता रहेकोमा १ हजार ६ सय ४३ मत,वडा नम्बर ५ मा १ हजार ८ सय ३४ मतदाता रहेकोमा १ हजार २ सय ८६ मत,वडा नम्बर ६ मा ३ हजार २ सय ८९ मतदाता रहेकोमा २ हजार ४ सय ५७ मत,वडा नम्बर ७ मा ३ हजार ३ सय ८२ मतदाता रहेकोमा२ हजार ३ सय ६५ मतदान गरेका छन् ।

वडा नम्बर ८ मा २ हजार ३ सय ९९ मतदाता रहेकोमा १ हजार ६ सय ९३ मत,वडा नम्बर ९ मा ३ हजार ८७ मतदाता रहेकोमा २ हजार १ सय ५३ मत,वडा नम्बर १० मा २ हजार २ सय ९८ मतदाता रहेकोमा १ हजार ७ सय ८ मत,वडा नम्बर ११ मा २ हजार ५ सय ३० मतदाता रहेकोमा १ हजार ७ सय ७२ मत र वडा नम्बर १२ मा२ हजार ३ सय मतदाता रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन अधिकृत तिर्थराज भटराईले बताउनु भयो । यो नगरपालीकामा कुल ३२ हजार ३ सय ७ मतदाता मध्ये २३ हजार ५६ मत खसेको छ । यो नगरमा ७१।३७ प्रतिशत मत खसेको बताईएको छ ।

 

राजनीति समाचार समाज स्थानीय